चितवन विशेष
सौराहामा युरो पेन्टस्को डिलर भेटघाट कार्यक्रम,उत्साहजनक उपस्थिति

सौराहा,जेठ ६-
जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिजको प्रा.लिको उत्पादन युरो पेन्टस्ले चितवनको सौराहामा आफ्नो उत्पादन बिक्रिवितरण गर्ने डिलरहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेको छ । व्यवसायको प्रबद्र्धन र गुणस्तरिय सेवा प्रदान गर्ने बिषयमा आफ्ना व्यवसायीक साझेदार (डिलर) हरुसंग भेटघाट र अन्तरक्रिया गरेको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनकपुर,पोखरा,चितवन,नुवाकोट क्षेत्रका सय बढि डिलरहरुको उपस्थिति रहेको कम्पनीका डाइरेक्टर पवन सुवेदीले जानकारी दिनुभयो । उहाँले कम्पनीका उत्पादनका बारेमा जानकारी दिँदै छोटो समयमा युरो पेन्टस्ले आम ग्राहकको मन जित्न सफल भएको बताउनुभयो । कम्पनीको गुणस्तरिय उत्पादन र डिलरहरुको सहयोगका कारण नेपालमै परिचित पेन्टस् कम्पनी बन्न सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले कम्पनीले छोटो समयमै विभिन्न अफ्ठ्याराहरुका बाबजुत नेपाली बजार धेरै राम्रो प्रभाव पार्न सफल भएको बताउनुभयो । उहाँले नेपालमा उत्पादित बस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै डिलरहरुलाई आगामी दिनमा यसतर्फ सजग बन्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा कम्पनीका श्रवण रेग्मीले डिलर र कम्पनीका कर्मचारीलाई धन्यबाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । कम्पनीका निर्देशक एवं सेल्स मार्केटिङ प्रमुख रविन शर्मा भुसालले कम्पनीको भावी योजनाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कम्पनीका डाइरेक्टर राजकुमार न्यौपाने,नेशनल सेल्स म्यानेजर चेतन बस्याल लगायतले कम्पनीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । सो कार्यक्रममा १२ वर्ष नियो भटेक्स एक्सटेरियर इमल्सनको लन्चिङ समेत गरिएको थियो ।