चितवन विशेष

पपुलर शैलुनले काटिदियो विद्यार्थीको निःशुल्क कपाल,शैक्षिक सामाग्री समेत वितरण

Banner

भरतपुर,जेठ ६-

चितवनको सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले कालिका नगरपालिकामा पुगेर विद्यार्थीको निःशुल्क कपाल काटिदिएको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आज (मंगलबार) कालिका नगरपालिका वडा नम्बर–८ मा रहेको श्री आधारभूत माध्यमिक विद्यालय न्यूरेनीमा अध्ययनरत विद्यार्थीको कपाल काटिदिएको सैलुनका सञ्चालक सुलभ सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार विद्यालयमा पुगेर १ सय ३६ जना बालबालिकाको निःशुल्क कपाल काटिएको हो । त्यस्तै उनीहरुलाई कपी, पेन्सिल, कटर, इलेजर लगायतका शैक्षिक सामाग्री समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीको सरसफाइलाई ध्यानमा राख्दै अति विपन्न परिवारका बालबालिकाले पढ्ने विद्यालयमा गएर सेवा गरेको उहाँले बताउनुभयो ।

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद ढुंगानाले अति विपन्न बालबालिका पढ्ने विद्यालयमा आएर सहयोग गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक रामकृष्ण खनालले विद्यार्थीलाई लक्षित यस्तै कार्यक्रम आगामी दिनमा पनि विद्यालयमा ल्याउनका लागि अनुरोध गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>