देश/प्रदेश

सांसद किसान श्रेष्ठले दिए ठेकेदारलाई खोलामा गाडिदिने धम्की

Banner

बारा, जेठ ६–

समयमै पुल निर्माण नगरेपछि सांसद किसान श्रेष्ठले पुल निर्माण गरिरहेको ठेकेदारलाई खोलामा गाडीदिने धम्की दिएका छन् ।

बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीया स्थित पुलको निर्माण काम यही जेठ १५ गतेभित्रमा सम्पन्न नगरे ठेकेदारलाई खोलामा गाडिदिने नेकपा एकीकृत समाजवादीका सांसद श्रेष्ठले धम्की दिएका हुन् ।

सांसद श्रेष्ठ मंगलबार पुलको निरीक्षण गर्न पुगेका थिए । पुल अलपत्र परेको देखेपछि उनले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई यस्तो धम्की दिएका हुन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यो पुल १३ वर्षदेखि अलपत्र छ ।

२०७९ सालको निर्वाचमा सांसद श्रेष्ठले पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार पुल निर्माणको काम सकिए पनि पुलको दुवै तर्फ एप्रोच नबनाइकन ठेकेदार कम्पनीले अलपत्र छाडिदिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>