खेलकुद

रत्ननगरमा दोस्रो संस्करणको ‘एक्सपर्ट माधवपुर गोल्डकप’ फुटबल हुने

Banner

चितवन, जेठ ६–

पूर्वीचितवनको रत्ननगर नगरपालिकामा दोस्रो संस्करणको ‘एक्सपर्ट माधवपुर गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
माधवपुर खेलकुद विकास समितिको आयोजनामा यही जेठ १० गतेबाट रत्ननगर–१५ मा गोल्डकप सुरु हुन लागेको हो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. रहेको छ । आयोजकले मंगलबार माधवपुरस्थित खेल मैदानमै पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । जेठ १८ गतेसम्म चल्ने सो प्रतियोगितामा वागमती पुलिस क्लव हेटौडा, एपीएफ, प्याराडाइज युवा क्लव, अभिषेक चर्ज रजहर, हेटौडा फुटबल क्लव, सूर्यपुर फुटबल क्लव, आयोजक टिम र न्यू पञ्चदिप युवा क्लव रत्ननगर–१२ ले सहभागिता जनाएको गोल्डकपका संयोजक भिमराज वाइवाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष गणेश तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई पुरस्कृत सहित उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन र खेलकुदको माध्यमबाट माधवपुर सहित रत्ननगरलाई चिनाउने उद्देश्यले गोल्डकप आयोजना गरिएको भन्दै अध्यक्ष तामाङले खेल मार्फत पर्यटनको विकास गर्ने थप उद्देश्य रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले रत्ननगरको पहिचानको रुपमा स्थापित माधपुर गोल्डकपलाई स्थानीय सरकारको सहयोग रहेको बताउनुभयो । माधवपुरमा व्यक्तिको जग्गा भाडामा लिएर खेलमैदान तयार गरिएको भन्दै वडा कार्यालयले खेलकुदको विकासको लागि महत्व दिएर काम गरिरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई सफल बनाउन एक्सपर्टले हातेमालो गरेको बताउनुभयो । उहाँले विगतदेखि नै जिल्लामा हुने विभिन्न खेलकुदका कार्यक्रममा एक्सपर्टले सहकार्य गर्दै आइरहेको भन्दै आगामि दिनमा चितवनको खेलकुद विकासमा एक्सपर्ट सदैव लागि पर्ने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाबाट गराउने तयारी भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको संरक्षकमा रत्ननगर नगरपालिका र वडा कार्यालय रहेको क्लबका रमेश नेपालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>