Breaking News
चितवन निवासी डा.विश्व पौडेल गभर्नर बन्दै

चितवन, जेठ ६–
चितवनको रत्ननगर निवासी प्रा.डा.विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेसंगै पौडेल गभर्नर बन्ने पक्का भएको हो । सरकारले आजै मन्त्रीपरिषद् बैठक बोलाएको छ । त्यसअघि अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक समेत बोलाएका छन् । सिफारिस समितिले पौडेलको नाम सरकारलाई सिफारिस गर्ने र आजै मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने संभावना रहेको स्रोतले जनाएको छ । पौडेललाई नेपाली कांग्रेसले गभर्नरमा सिफारिस गर्ने तयारी गरेपछि पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए ।
अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । अर्थशास्त्री पौडेल गत प्रतिनिधि सभा सदस्यमा चितवन क्षेत्र नं.१ बाट निर्वाचन समेत लडेका थिए । पौडेलले चितवन क्षेत्र नं.१ मा नयाँ योजना ल्याउन लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।