चितवन विशेष

नारायणगढ-मुग्लिन सडकमा मोटरसाइकललाई ठक्कर दिएर माइक्रो पल्टिदा १० जना घाइते

Banner

चितवन, जेठ ५-

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ जुगेडीमा मोटरसाइकललाई ठक्कर दिएर माइक्रो पल्टिदा १० जना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ज ५५६६ नम्बरको माइक्रोले विपरी दिशाबाट आउँदै गरेको लु १९ प ६३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माइक्रो अनियन्त्रित भई रोडको साइडमा पल्टिएको थियो ।  दुर्घटनामा मोटरसाइकलमा सवार २ जना र माइक्रोमा सवार ८ जना गरि १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये भरतपुर–१० बस्ने वर्ष ५३ का क्षितिज घिमिरे र उनकी श्रीमती वर्ष ५४ की रेखा कार्की (घिमिरे)को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकलमा सवार मोटरसाइकल चालक तनहुं देवघाट गाउँपालिका–५ बस्ने बर्ष ३८ को प्रकाश गुरुङ र पछाडी सवार वर्ष २८ का ईन्द्र आलेसहित ८ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेहरूमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ बस्ने बर्ष ६० का चुडामडी न्यौपाने, भरतपुर-१ देवघाट बस्ने बर्ष ५९ की तुलसा पोखरेल, काठमाण्डौ–३ किर्तिपुर बस्ने वर्ष ५० को महेशराम महर्जन, चितवनको राप्ती नगरपालिका–७ बस्ने बर्ष ३१ की विष्णु कंडेल, भरतपुर–५ बस्ने बर्ष २८ का बिज्ञान कंडेल र सर्लाही मोहितपुर–४ बस्ने वर्ष २२ को कृष्णनन्द महतो रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>