कालिका

कालिका-२ र ६ मा ज्येष्ठ नागरिक वडा समन्वय समिति गठन

Banner

चितवन, जेठ ४-
कालिका नगरपालिका वडा न-२ मा वडास्तरीय ज्येष्ठ नागरिक मञ्च समन्वय समिति गठन गरिएको छ ।
आइतबार भएको भेलाले एकानन्द उपाध्यायको अध्यक्षतामा १४ सदस्यीय वडा समन्वय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा बुद्धिप्रसाद तिवारी, सचिवमा टंकप्रसाद पौडेल र कोषाध्यक्षमा जङ्गी चौतारिया रहेका छन् ।
नगरभित्रका ज्येष्ठ नागरिकहरुको समस्या पहिचान र समाधनका लागि सहज हुने उद्देश्यले वडा समिति गठन प्रक्रिया सुरू गरिएको नगरप्रमुख विनोद रेग्मीले बताए । कालिका नगरपालिकाभित्र ज्येष्ठ नागरिकमैत्री नगर निर्माणमा छोराछोरी र बुबाआमाको सम्बन्ध सुमधुर बनाउनेगरी नगरले काम अगाडि बढाएको प्रमुख रेग्मीले बताए ।
उनले नगरको आगामी बजेटबाट ज्येष्ठ नागरिकहरुको लागि दीवाकालीन विश्रामस्थल निर्माणदेखि स्वास्थ्यसेवा, एम्बुलेन्स सेवा र स्वास्थ्य बिमा क्षेत्रमा बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, वडाभित्र अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकहरुको सहजताको लागि घरघरमा पुगेर भत्ता वितरण गरिएको कालिका-२ का वडाध्यक्ष लक्ष्मण पौडेलले बताए । वडाभित्रका ज्येष्ठ नागरिकहरुमा केही समस्या परेमा आफूलाई फोन वा वडामा आएर जानकारी गराउन उनले आग्रह गरेका छन् । ज्येष्ठ नागरिकको समस्यामा समय र कार्यालय समय नहुने भन्दै जुनसुकै समयमा आफू सेवा गर्न तयार रहेको वडाध्यक्ष पौडेलले बताए ।
सो कार्यक्रममा कालिका नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना ढकाल दुवाडी, ज्येष्ठ नागरिक मञ्च चितवन जिल्ला अध्यक्ष माधव शर्मा घिमिरे, जिल्ला सदस्य यमनाथ आचार्यलगायतले मन्तव्य राखेका थिए ।
यस्तै, कालिका वडा नं-६ मा हिमप्रसाद खनालको अध्यक्षतामा १४ सदस्यीय ज्येष्ठ नागरिक मञ्च वडा समन्वय समिति गठन भएको छ । जसको उपाध्यक्षमा सरस्वती सुवेदी, सचिवमा खेमलाल अधिकारी र कोषाध्यक्षमा रामप्रसाद भन्तता रहेका छन् ।
वडाध्यक्ष टीकाराम रेग्मीले वडामा ज्येष्ठ नागरिक मञ्च गठनसँगै ज्येष्ठ नागरिकहरुको समस्या पहिचान गर्दै समाधान गर्न सहज हुने बताए । ज्येष्ठ नागरिकसँग पुराना अनुभव ग्रहण गर्दै वडा विकासको क्षेत्रमा अगाडि बढ्ने उनले बताए । उनले आगामी वर्षबाट ज्येष्ठ नागरिकहरुको लागि पनि बजेट व्यवस्थापन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>