समाचार

जुम्लामा चराउन लगिएका २२ च्याङ्ग्रा चट्याङ लागेर मरे,२ गोठाला घाइते

Banner

जुम्ला,जेठ ४-

जुम्लाको गुठीचौर गाउँपालिकामा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरेका छन् । गाउँ नजिकैको महादेव सामुदायिक वनमा चराउन लगिएको २२ वटा च्याङ्ग्रा चट्याङ लागेर मरेको गुठीचौर गाउँपालिका २ का वडाध्यक्ष दिपबहादुर ऐडीले जानकारी दिए ।

सामुदायिक वनमा चराएर घर ल्याउँदै गरेको अवस्थामा झुलेनी खोला पारीको वनको पाखामा आइपुग्दा अचानक चट्याङ पर्दा गोठी गाउँका हिराबहादुर ऐडीको १६ वटा र धनकृष्ण रोकायको ६ वटा च्याङ्ग्रा मरेको उनले बताए । उनले भने, ‘१०० भन्दा बढी च्याङ्ग्रा सामुदायिक वनमा चराउन लगिएको रहेछ । वनबाट घर ल्याउँदै गर्दै अचानक चट्याङ पर्दा २२ वटा च्याङ्ग्रा मरेछन् ।’स्थानीय वीरेन्द्र बुढाका अनुसार च्याङ्ग्रा चराउन गएका दुवै जना गोठाला समेत घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>