इच्छकामना
हात्तीबाङमा जेसीजको निःशुल्क स्वास्थ्य शिविर

चितवन, जेठ ५–
बीसहजार जेसीजको आयोजनामा चितवनको इछाकामना गाउँपालिका–१ हात्तीबाङमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जेसीजको यस वर्षको प्रकरण ‘युथ फर चेन्ज’ अभियान अन्तर्गत सञ्चालित कार्यक्रममा स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले भन्नुभयो, “समाज परिवर्तनको शुरुवात सेवा प्रवाहबाट हुन्छ । बीसहजार जेसीजले जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याएर जेसीजको धर्म निभाएको छ ।”
त्यस्तै, बीसहजार जेसीजका पूर्व अध्यक्ष रमेश बस्ताकोटीले जेसीज केवल औपचारिक कार्यक्रमहरूमा सीमित हुन नहुने भन्दै यस्ता प्रत्यक्ष जनसेवामूलक कार्यहरु पहिचान बनाउने आधार हुने बताउनुभयो ।
अर्का वक्ता पुर्व राष्ट्रिय उपाध्यक्ष जनकराज घिमिरेले भन्नुभयो, “स्वास्थ्य जस्तो संवेदनशील विषयमा सशक्त उपस्थिति जनाउँदै बिसहजार जेसीजले देखाएको सक्रियता सराहनीय छ । गाउँमै यस्ता सेवा पु¥याउनु सामाजिक रूपान्तरणको आधार हो ।”
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल अफिसर डा. हरि सेढाईंले दर्जनौं स्थानीयको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो ।
पूर्व अध्यक्ष प्रदीप अधिकारी, सुबाहु पण्डित लगायतको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रम पुनः सञ्चालन हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।
बीसहजार जेसीजले भविष्यमा पनि सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रम बिसहजार जेसीजका वर्ष २०२५ का अध्यक्ष दिवाकर पौडेलको अध्यक्षतामा भएको थियो । जीवन क्षेत्रीले संयोजन गरेको सो कार्यक्रममा सुरेन्द्र बास्तोलाले सहजीकरण गर्नुभएको थियो ।