चितवन विशेष

१२ को परीक्षा दिएका विद्यार्थीका लागि ‘एक्सपर्ट स्पिच स्टार’ आयोजना

Banner

चितवन, जेठ ४–
भर्खरै सम्पन्न कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी डिजिटल वक्तृत्वकला प्रतियोगिता ‘एक्सपर्ट स्पिच स्टार–२०८२’आयोजना गरिएको छ ।
नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा भर्चुअल भिडियो वक्तृत्वकला आयोजना गरिएको हो । ‘आजको आवश्यकताः गुणस्तरीय र व्यवहारिक शिक्षा’ शीर्षकमा आयोजित प्रतियोगिता एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले प्रस्तुत गरेको हो ।
प्रतियोगितामा चितवन, नवलपरासी (सुस्तापूर्व) र मकवानपुरबाट यसैपालि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । आगामी जेठ २३ सम्म घरै बसेर खिचेका ५ मिनेटसम्मका भिडियो गुगल फर्ममा अपलोड गर्नुपर्ने हुन्छ । विद्यार्थीले नहल्लाइ राम्रो आवाज आउने गरी भिडियो खिच्नुपर्ने हुन्छ ।
त्यसलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको फेसबुक पेजमा अपलोड गरिने छ । त्यसका आधारमा भिडियोको मूल्यांकन गरिने छ । भिडियोको विषयवस्तु र प्रस्तुतीकरणलाई ७५ तथा फेसबुकमा आएको लाइक र शेयरलाई २५ नम्बरमा मूल्यांकन गरिने नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष राजु चौधरीले जानकारी दिए । उनका अनुसार विद्यार्थीले नेपाली वा अंग्रेजी माध्यममा भिडियो बनाउन सक्ने छन् ।
नतिजा घोषणा आगामी असार १५ गते गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट एकजनालाई १५ हजार र उत्तम ठहरिने ३ जनालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबैले एक्सपर्टका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पाउने एक्सपर्ट चितवनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए । उनले परीक्षापछिको खाली समय सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गर्न सबै विद्यार्थीलाई अनुरोध गरे ।
प्रतियोगितामा सहभागी हुन यहाँ दिइएको लिंकमा क्लिक गर्नुहोस् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>