अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान द्वन्द्वबारे फेसबुकमा लेख्दा सहप्राध्यापक गिरफ्तार

Banner

काठमाडौँ, जेठ ४-

भारत-पाकिस्तान द्वन्द्वबारे सामाजिक सञ्जालमा पोस्ट गर्ने अशोका विश्वविद्यालयका सहप्राध्यापक अली खान महमुदाबादलाई गिरफ्तार गरिएको छ।

स्थानीय बासिन्दा योगेशको उजुरीका आधारमा हरियाणाको सोनीपत प्रहरीले उनलाई पक्राउ गरेको हो।

अली खान महमुदाबादले आफ्नो फेसबुक मिडियामा भारत र पाकिस्तानबीचको द्वन्द्व र दुई महिला सैन्य अधिकारीलाई प्रेस ब्रिफिङमा पठाएकोबारे पोस्ट गरेका थिए। उनले यस पोस्टमा युद्धबाट भएको क्षतिको पनि उल्लेख गरेका छन्।

यस विषयमा योगेशले प्रहरीमा उजुरी दिएपछि स्थानीय प्रहरीले दुई समुदायबीच घृणा फैलाउने धाराअन्तर्गत उनीविरुद्ध कारबाही अघि बढाएको हो।

बीबीसी हिन्दीका अनुसार प्रोफेसर अली खान महमुदाबादकी श्रीमती ओनाइजाले भनेकी छन्, ‘आज बिहान करिब ६:३० बजे प्रहरीको टोली अचानक हाम्रो घरमा आइपुग्यो र कुनै जानकारी नदिई प्रोफेसर अली खान महमुदाबादलाई आफूसँगै लग्यो।’

ओनाइजाले थपिन्, ‘म नौ महिनाकी गर्भवती छु। म चाँडै बच्चा जन्माउनेछु। मेरो श्रीमान्‌लाई कुनै ठोस कारण वा स्पष्टीकरण बिना नै जबरजस्ती घरबाट लगिएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>