चितवन विशेष

सेन्ट्रल कलेजको १७ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

Banner

भरतपुर,जेठ ४-

शिक्षा र समाजसेवामा सधैं अग्रणि भूमिका निर्वाह गर्दै आएको सेन्ट्रल कलेजले आफ्नो १७ औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ । कलेजले वार्षिकोत्सवका अवसरमा चेपाङ समुदाय लक्षित विभिन्न प्याकेजको घोषणा समेत गरेको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाइबी)का अनुसार चितवनको कालिका नगरपालिका वडा नं–१० मा रहेको सिद्धी छात्रावासमा खाद्यान्न र स्टेशनरी सहयोग गरिएको छ भने चेपाङ समुदायको शिक्षा सुधारका क्षेत्रमा काम गर्ने घोषणा गरिएको छ ।

प्रिन्सिपल पौडेलले प्लस टु पास गरेका दुई जनालाई चेपाङ विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजमा आठ लाख बराबरको बिएचएम र ६ लाख बराबरको बिआइएम निःशुल्क अध्यापन गराउने बताउनुभयो । उहाँले प्लसटु पास गरेका दुई जनालाई कलेजमै रोजगारी प्रदान गर्ने समेत घोषणा गर्नुभयो । उहाँले कलेजले निरन्तर सामाजिक उत्तरदायित्व प्रतिको गहिरो प्रतिबद्धता जनाइरहेको भन्दै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको वताउनुभयो ।

सिद्धी छात्रावासमा आयोजित कार्यक्रमका बीच प्रिन्सिपल पौडेलले छात्रावासका सञ्चालक भरत चेपाङलाई ५० हजारबराबरको खाद्यान्न र स्टेशनरी हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले शिक्षाको उज्यालो खोज्दै छात्रावासमा बसेर अध्ययन गरिरहेका चेपाङ बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सेन्ट्रल कलेजले चेपाङ समुदायका चाडपर्वदेखि विकट कान्दासम्मका नागरिकलाई सहयोग गरेको उहाँले बताउनुभयो ।

छात्रावासका अध्यक्ष चेपाङले पुख्र्यौली सम्पत्ति बेचेर चेपाङ बालबालिकाको शिक्षाका लागि छात्रावास सञ्चालनमा ल्याइएको बताउनुभयो । आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाको पहुँचबाट बाहिर रहेका विकट बस्तीका बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले सेन्ट्रल कलेजले खेलकुद र अन्य सामाजिक काम संगै चेपाङ समुदायको क्षेत्रमा समेत काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । छात्राबासमा ६९ जना बालबालिका अध्ययनरत छन । उनीहरुलाई बार्षिक १० लाख बराबरको खाद्यान्न आवश्यक पर्ने भन्दै सञ्चालक चेपाङले सहयोग गर्न सबैलाई आब्हान गर्नुभयो ।

यस्तै कलेजले सौराहामा कलेजका सबै कर्मचारी सहभागि गराएर बार्षिकोत्सव समारोह कार्यक्रमको गरेको छ । सो कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कलेजले सेन्ट्रल ग्रुप मार्फत भावि योजना तयार गर्दै विभिन्न कम्पनी मार्फत काम गर्ने जानकारी दिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>