देश/प्रदेश

सशस्त्र प्रहरी बलको झण्डा सगरमाथामा फहरायो

Banner

काठमाडौं, जेठ ४-

सशस्त्र प्रहरी सहायक निरीक्षकले सगरमाथा आरोहण गरेका छन् । प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनी जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सहप्रवक्ता थापाका अनुसार छत्यालले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् ।

उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>