चितवन विशेष

राप्रपा रत्ननगरको अध्यक्षमा सन्तोष लामा निर्वाचित

Banner

रत्ननगर,जेठ ४-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगर नगर समितिको अध्यक्ष पदका लागि शनिबार सम्पन्न निर्वाचनमा सन्तोष लामा विजयी भएका छन् ।कुल २३५ मतदातामध्ये १९३ मत खसेको उक्त निर्वाचनमा लामाले ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिशरण भट्टराईले ९० मत पाए । १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म चलेको मतदान प्रक्रिया निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको राप्रपाले बताएको छ । सुरूमा पाँच जना उमेदवारले मनोनयन दर्ता गराए पनि श्याम पोख्रेल, नारायण कार्की र रामजी महतोले उमेदवारी फिर्ता लिएपछि लामा र भट्टराईबीच कडा प्रतिस्पर्धा भएको थियो । मतगणना सम्पन्न भएसँगै शनिबार नै नतिजा घोषणा गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>