चितवन विशेष

भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्कियो,चालकको मृत्यु

Banner

भरतपुर,जेठ ४-

चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ नमस्ते चोकमा शनिबार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

शनिबार दिउँसो १२ः४० बजेको समयमा गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा प्र ०३-००३ प २९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ रोड छेउमा रहेको विजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक पर्सा ठोरी गाउँपालिका–१ बस्ने ५५ वर्षिय गम बहादुर कुँवरको शनिबार दिउँसो १ः४० बजे भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो । कुँवर भरतपुर आएर आफ्नो काम गरेर फर्किने क्रममा दुर्घटनामा परेको खनालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>