चितवन विशेष

भरतपुर ओरालोमा खुल्यो एमिन हस्पिटालिटीको कुक ट्रेडिङ सेन्टर

Banner

चितवन, जेठ ४-
भरतपुर ओरालोस्थित एमिन हस्पिटालिटीले कुक ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
एमिन हस्पिटालिटीको एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । दक्ष तथा अनुभवी सेफद्वारा तालिम दिइने सञ्चालक सेफ अकबर स्याङ्तानले जानकारी दिए । सो क्रममा नेपालका अनुभवी सेफ पुष्प थापामगरले मेहनत र लगनशीलताले मात्र गन्तव्यमा पुग्ने भन्दै लगनशील भएर तालिम अवधिभर सीप सिक्न सहभागीहरुलाई आग्रह गरे । तालिम भनेको जति सिके पनि नसकिने बताउँदै आफूलाई सक्रिय बनाउनुपर्ने उनले सुझाव दिए ।
सेफले स्थानीय स्तरको उत्पादनकेन्द्रित परिकार बनाउनुपर्ने उनले बताए । गाउँघरमा खाने रोटी र ढिँडोलाई आफूले बजारीकरण गर्न सफल भएको उनले दाबी गरे । गर्न सके सम्भव छ भन्ने उदाहरणको रुपमा लिन सकिने उनले बताए ।


सिटिइभिटीबाट सम्बन्धन प्राप्त सुविधासम्पन्न सो तालिम केन्द्रमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण गराइने बताइएको छ । सो तालिम केन्द्रमा कुक, बेकरी, जापनिज सुसी कोर्ष, कार्भिङ (भेज/फ्रुट), गृहिणी कुकिङ कोर्ष, फास्ट फुड कुकिङ कोर्ष, पिज्जा मेकिङ कोर्ष, नान/तन्दुरी कोर्षलगायतका तालिम उपलब्ध रहेको संचालक स्याङ्ताङले बताए । उनले तालिम केन्द्रमार्फत वार्षिकरूपमा १० जना विपन्न जेहेन्दार विद्यार्थीलाई निःशुल्क तालिम प्रदान गरिने जानकारी दिए ।
सो ट्रेनिङ सेन्टरको उद्घाटन कार्यक्रममा लेजेन्ट सेफङद्वय सर्वणमन कर्माचार्य, पदमबहादुर आलेमगर, सेफहरु थानेश्वर भण्डारी, बाबुशरण श्रेष्ठ, रमेश श्रेष्ठ, सत्यमान योञ्जनलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>