खेलकुद

पटिहानी र आयोजक फुलबारी निलो क्वाटरफाइनलमा प्रवेश

Banner

चितवन, जेठ ३-

पटिहानी इभेन्ट्स र आयोजक फुलबारी युथ एसोसिएसन निलो प्रथम फुलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा जित हात पार्दै पटिहानी र फुलबारीले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । आजको पहिलो खेलमा पटिहानीले न्यु दिव्यज्योति युवा क्लबलाई ३-२ ले हरायो । पटिहानीका मिलन तामाङ प्लेयर अफ दि म्याच भए ।

यस्तै आजै सम्पन्न अर्को खेलमा आयोजक फुलबारी निलोले शिवघाट एफसीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । फुलबारी निलोले शिवघाटलाई ३(१ ले हरायो । फुलबारी निलोका कर्मा तामाङ प्लेयर अफ दि म्याच भए ।

प्रतियोगिताबाट आइतबारबाट क्वाटरफाइनलको खेल हुनेछ । पहिलो क्वाटरफाइनलमा फुलबारी युथ क्लब र पटिहानी इभेन्ट्स भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । यस्तै दोस्रो क्वाटरफाइनलमा आइतबार नै खेलकुद बिकास समिति ६ र आयोजक फुलबारी सेतोबीच ५ बजे खेल हुनेछ ।

श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैँया प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>