राजनीति
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
०

दमक (झापा), जेठ ३-
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।
दमक नगरपालिकाका पूर्वप्रमुख समेत रहेका ७२ वर्षीय बुढाथोकीको बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो ।
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।
उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेका छन् ।