चितवन विशेष

सेन्ट्रल कलेजको १७ औं वार्षिकोत्सवः चेपाङ बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग

Banner

चितवन,जेठ २-

चितवनको कालिका नगरपालिका वडा नं–१० मा रहेको सिद्धी छात्रावासमा खाद्यान्न र स्टेशनरी सहयोग गरिएको छ । १७ औं वार्षिकोत्सव को अवसर पारेर सेन्ट्रल कलेज र वाइबी फाउण्डेशनले छात्रावासमा आश्रित चेपाङ बालबालिकाको शिक्षाका लागि खाद्यान्न र स्टेशनरी सहयोग गरेको हो ।

छात्रावासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाइबी) ले छात्रावासका सञ्चालक भरत चेपाङलाई ५० हजारबराबरको खाद्यान्न र स्टेशनरी हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले शिक्षाको उज्यालो खोज्दै छात्रावासमा बसेर अध्ययन गरिरहेका चेपाङ बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सेन्ट्रल कलेजले चेपाङ समुदायका चाडपर्वदेखि विकट कान्दासम्मका नागरिकलाई सहयोग गरेको उहाँले बताउनुभयो । पौडेलले चेपाङ समुदायका युवालाई कलेजले रोजगारी समेत दिएको बताउनुभयो ।

छात्रावासका अध्यक्ष चेपाङले पुख्र्यौली सम्पत्ति बेचेर चेपाङ बालबालिकाको शिक्षाका लागि छात्रावास सञ्चालनमा ल्याइएको बताउनुभयो । आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाको पहुँचबाट बाहिर रहेका विकट बस्तीका बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले सेन्ट्रल कलेजले खेलकुद र अन्य सामाजिक काम संगै चेपाङ समुदायको क्षेत्रमा समेत काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

छात्राबासमा ६९ जना बालबालिका अध्ययनरत छन । उनीहरुलाई बार्षिक १० लाख बराबरको खाद्यान्न आवश्यक पर्ने भन्दै सञ्चालक चेपाङले सहयोग गर्न सबैलाई आब्हान गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>