देश/प्रदेश

कारको ठक्करबाट ३ वर्षका बालकको मृत्यु

Banner

काठमाडौँ, जेठ १-

काठमाडौँमा कारको ठक्करबाट बालकको मृत्यु भएको छ। काठमाडौँको बानेश्वमा नजिकै कात्यानी चोकमा बा.प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर तीन वर्षका बालकको मृत्यु भएको हो।

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा साढे १० बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार आज (शुक्रबार) बिहान ९ः२६ बजे भिमसेनगोलातर्फ जाँदै गरेको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने भारतीय नागरिक आलोक कुमार झाका तीन वर्षका छोरा शिवांस झाको मृत्यु भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>