चितवन विशेष

युवा संघको स्थापना दिवसः भरतपुरमा सरसफाइदेखि शैक्षिक सामाग्री वितरणसम्मका कार्यक्रम

Banner

भरतपुर,जेठ १-

राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर कमिटीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बिहीबार भरतपुरका विभिन्न वडामा कमिटीले सामाजिक काम गरेको हो ।

युवा संघ भरतपुर महानगर कमिटी अध्यक्ष राम कार्कीका अनुसार स्थापना दिवसमा भरतपुर महानगर २९ दासढुंगास्थित मदन आश्रित पार्क सरसफाई,भरतपुर २३ स्थित राष्ट्रिय आधारभूत विद्यालय घैलाघारीमा ६५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । यस्तै युवासंघले भरतपुर १ देवघाटमा रहेको रामजानकी बालिका आश्रममा २० हजार बराबरको खाद्यान्न सहयोग र भरतपुर १० का विभिन्न फुटबल क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको कार्कीले जानकारी दिनुभयो । उहाँले युवासंघ भरतपुर महानगर कमिटीले समाजमा रचनात्मक प्रभाव पर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय युवा संघका केन्द्रीय स्थायी कमिटी सदस्य तथा चितवन इन्चार्ज शंकर अधिकारीले स्थापना दिवसको अवसरमा चितवनका सबै पालिकाले सामाजिक काम गरेको जानकारी दिनुभयो । उहाँले राप्ती नगरकमिटीले स्टेशनरी वितरण,कालिका नगरकमिटीले खाद्यान्न वितरण,खैहरनी नगर कमिटीले दिप प्रज्वलन,माडी नगरकमिटीले खेलकुद सामाग्री वितरण र इच्छाकामना गाउँ कमिटीले खेलकुद सामाग्री वितरण गरेको बताउनुभयो ।

सो अवसरमा नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य तथा महानगर इन्चार्ज रामप्रसाद न्यौपाने,जिल्ला अध्यक्ष कमल पाठक,युवा संघ महानगर इन्चार्ज कृष्ण प्रसाद अधिकारी,केन्द्रीय सदस्य शिव ढकाल लगायतको उपस्थिति रहेको थियो । २०४७ साल जेठ १ गते हालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा युवासंघको स्थापना भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>