अन्तर्राष्ट्रिय

टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या

Banner

मेक्सिको सिटी, जेठ १-

मेक्सिकोमा एक जना ब्युटी इन्फ्लुएन्सरको दिन दहाडै हत्या गरिएको छ । टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहेका बेलामा उनको गोली हानेर हत्या भएको हो ।

मध्य मेक्सिकोको जलिस्को राज्यको एक ब्युटी सैलुनमा टिकटक लाइभस्ट्रिम गर्ने क्रममा यो घटना भएको प्रहरीले जनाएको छ । अहिले मेक्सिकोमा अशान्ति छ ।

यहाँ प्रतिद्वन्द्वी कार्टेल मेक्सिकोको धेरैजसो भागमा क्षेत्रीय नियन्त्रणको लागि रक्तपातपूर्ण युद्धहरू लडिरहेका छन् । २३ वर्षीया भलेरिया मार्केज मङ्गलवार आफ्नो लाइभस्ट्रिममा क्यामेरा पछाडि डेलिभरी म्यानसँग कुरा गरिरहेकी थिइन् । यति नै बेला उनको छातीमा र टाउकोमा गोली लागेको थियो । यसपछि उनी लडिन् र तुरुन्तै उनको मृत्यु भयो ।

घटना हुँदा उनी राज्यको ग्वादलहारुको बाहिरी भागमा रहेको जैपोपन नगरपालिकाको एक ब्युटी सैलुन भित्र थिइन् । यसको केही घण्टापछि, मेक्सिकन पीआरआई पार्टीका पूर्व कांग्रेसी लुइस अर्मान्डो कोर्डोभा डियाजलाई सोही क्षेत्रको एक क्याफेमा गोली हानी हत्या गरिएको थियो ।

राज्य अधिकारीहरूले मार्केजको मृत्युलाई महिलाको हत्याको रूपमा अनुसन्धान गरिरहेको बताएका छन् । मेक्सिकोमा लिङ्गमा आधारित हिंसाका घटना निकै भेटिन्छन् । हरेक दिन पार्टनर वा परिवारका सदस्यबाट १० महिलाको हत्या हुने गरेको युएनको एक प्रतिवेदनले देखाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>