चितवन विशेष

संरक्षणका लागि भरतपुरमा जेष्ठ चौतारालाई सम्मान

Banner

कृष्ण आचार्य,

भरतपुर,जेठ १-

चितवनको भरतपुरमा चौतारा संरक्षणका लागि जेष्ठ चौतारालाई सम्मान कार्यक्रम आयोजना गरिएको छ । आज (बिहिबार) भरतपुर महानगरपालिका–२२ कमलपोखरीमा राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानको आयोजनामा चौतारा सम्मान कार्यक्रम गरिएको हो । वडा कार्यलय परिसरको कमलपोखरी छेउमै २०३० सालमा निर्माण भएको चौताराको सम्मानका लागि सरसफाई र पानी हाल्नुका साथै फुल चढाइयो ।

अभियानका संयोजक अपिल घिमिरेका अनुसार पछिल्लो समय चौतारा मासिने क्रम बढेकाले संरक्षणका लागि नागरिक स्तरमा सचेतना र जनप्रतिनिधिलाई दबाब दिनका लागि कार्यक्रम अयोजना गरिएको हो । उहाँले बर्षाैसम्म धेरै नागरिकले सितलता प्राप्त गरेको चौतारा विकासका नाममा काटिनु दुःखद भएको भन्दै संरक्षण अभियानलाई निरन्तरता दिने बताउनुभयो । आगामी पुस्ताका लागि पनि पाटी, पौवा र चौतारा संरक्षण गर्नुेपर्ने उहाँको भनाई छ । ‘चौतारीको पुरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे,उहाँले भन्नुभयो,धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपीपल रोपेर बस्न मिल्ने गरी चौतारी निर्माण गरिनुपर्छ ।’

स्थानीय युवा सुसन पौडेल चौतारा माटो र ढुंगाको थुप्रो मात्र नभई इतिहाँस समेत रहेकाले यो धर्म र संस्कृतिसंग समेत जोडिएको बताउनुभयो । ‘यसले हाम्रो जैविक विविधता संरक्षणसंगै स्थानियलाई स्वस्थ्य राख्न मद्धत्त पु¥याइरहेको छ, उहाँले भन्नुभयो,विकास निर्माण चाहिन्छ तर विकासका नाममा हुने चौतारको विनास राम्रो होइन ।’ उहाँले युवापुस्ता अघि सरेर संरक्षणको काम गर्नुपर्ने बताउनुभयो ।

भरतपुर–२२ का कार्यवहाक वडाध्यक्ष सुर्य गुरुङले चाहाना हुँदाहुँदैपनि विभिन्न कारणले चौतारा संरक्षण हुन नसकेको बताउनुभयो । ‘वडा कार्यालयपनि चौतारा संरक्षणको अभियानमा छ, अवका दिनमा सवै मिलेर संरक्षणमा ध्यान दिनुपर्छ,उहाँले भन्नुभयो ।’ पर्यापर्यटनका लागि पनि चौतारा संरक्षण गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

चौतारमा बटुवालाई पानी खानका लागि घैटाको समेत व्यवस्था गरिएको छ । भरतपुर–२१ का वडासदस्य विवेक श्रेष्ठले एक महिना अघिदेखि यो विभिन्न चौतारामा राख्नका लागि घैटा उपलब्ध गराउँदै आएको बताउनुभयो । ‘थोरै हावा चल्दा पनि शितलता दिने, गाउँको पहिचानसँग जोडिएको वर पिपल चौतारी गाउँको कुलर, एसि जस्तै हो,उहाँले भन्नुभयो, यसको संरक्षण हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ।’ उहाँले घैटामा नियमित पानी भर्ने सुनिश्चितता गर्ने हो भने आफुले देशभर जहाँ घण्टाको माग हुन्छ त्यहाँ निःशुल्क उपलब्ध गराउने बताउनुभयो ।
कवि होमनाथ घिमिरेले कविता मार्फत चौतारा संरक्षण नहुँदा पर्यावरणमा असर गरेको भन्दै पानीको स्रोत सुक्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले खडेरी बढेको र अन्न उत्पादनमा पनि कमि आउन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो समय भरतपुरमा सडक निर्माणका क्रममा दर्जनौ रुख काटिएका छन भने चौतारा भत्काइएका छन । सहनशिला बुहारी गु्रपकी उपाध्यक्ष सृजना घिमिरेले गाउँलाई स्वच्छ बनाउने यिनै वर पिपल रहेको भन्दै गाउँघरमा अहिले चौतारा भेटिन छाडेको बताउनुभयो । उहाँले संरक्षण गर्नेभन्दा पनि सडक पु¥याउने होडबाजीले हाम्रो पहिचानै धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सो अवसरमा वडासदस्य मैयादेवी आचार्य,संघर्षशिल दिदीबहिनी समुहकी अध्यक्ष कल्पना सापकोटा लगायतले बोल्नुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>