अन्तर्राष्ट्रिय

मेक्सिकोमा सडक दुर्घटना, २१ जनाको मृत्यु

Banner

मेक्सिको सिटी, जेठ १-

मध्य मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले बताएअनुसार पुएब्ला राज्यमा कुआनोपालान र अुहाकुबिच रहेको राजमार्गमा बुधवार बिहान तीन वटा सवारी साधन एक आपसमा ठोक्किएका थिए ।

१८ जनाले घटनास्थलमै ज्यान गुमाएको र बाँकीको अस्पतालमा मृत्यु भएको भनिएको छ । दुर्घटनामा अन्य कयौँ घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार ट्याङ्कर, बस र भ्यान जुधेका थिए । सिमेन्ट बोकेको ट्रकले भ्यानलाई ओभरटेक गर्न खोज्दा यो दुर्घटना भएको बताइएको छ ।

हालैका वर्षमा मेक्सिकोका सडकमा भयानक दुर्घटना बढेका छन् । फेब्रुअरीमा दक्षिण मेक्सिकोको ताबास्कोमा बस पल्टिँदा दर्जनौँ मान्छेको मृत्यु भएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>