देश/प्रदेश

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

Banner

काठमाडौँ, जेठ १-

काठमाडौँको नागढुंगामा ट्राफिक इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारलाई सडकमै थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बुधबार बिहान इन्स्पेक्टर साहले हवल्दारले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि कुटेको बताएका थिए । तर, हाल नागढुङ्गामा थप्पड हान्ने इन्सपेक्टर जितेन्द्र र थप्पड खाने हवल्दार मदन खड्काको जिम्मेवारी खोसिएको छ ।

ट्राफिक प्रहरी हातपात भएको विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा आएपछि आवश्यक छानबिनका लागि जिम्मेवारी खोसिएको बताइएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे स्पष्टीकरण दिएका हुन्। प्रवक्ता खनालले भने, ‘घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>