घटना -दुर्घटना

सेती नदीमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

Banner

काठमाडौं, वैशाख ३-

सशस्‍त्र प्रहरी बलको गोताखोरले सेती नदीमा बेपत्ता भएका बालकको शव निकालेको छ।

बुधबार दिउँसो दिपायल सिलगढी नगरपालिका-१ सिरखोली बस्ने ९ वर्षीय अमित विकको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार बालक मंगलबार दिउँसो पौने २ बजेतिर नदीमा डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको कमाण्डमा खटिएको गोताखोर सहितको सुरक्षा फौजले बालकको शव दिउँसो १ बजे करिब ३० फिट गहिराइबाट निकालेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>