देश/प्रदेश

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

Banner

पोखरा, वैशाख ३१-

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीबाट आउँदै गरेको ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>