अन्तर्राष्ट्रिय

मोदीको अभिव्यक्ति उत्तेजक, अस्वीकार गर्छौँः पाकिस्तान

Banner

पाकिस्तान,बैशाख ३०-

पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनमा दिएको अभिव्यक्तिनु लाई उत्तेजक भन्दै अस्वीकार गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला मोदीले अशान्ति भड्काउने वक्तव्य दिएको आरोप लगाएको हो।

विज्ञप्तिमा भनिएको छ, यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला उक्त अभिव्यक्ति उत्तेजनापूर्ण तथा गलत सूचना, राजनीतिक अवसरवाद र अन्तर्राष्ट्रिय कानुनको घोर उपेक्षामा आधारित छ। पाकिस्तानले भारतलाई कुनै गल्ती नगर्न आग्रह गर्दै आगामी दिनमा उसका काम र व्यवहारको नजिकबाट समीक्षा गर्ने बताएको छ।

विज्ञप्तिमा भनेको छ, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि त्यसै गर्न अनुरोध गर्नेछौँ।’ पाकिस्तानले आत्मरक्षाका लागि भारतीय सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको दाबी पनि गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानले सिन्धु जल सन्धिअन्तर्गत आफ्नो अधिकार रक्षा गर्न आवश्यक कदम चाल्नेछ, तर भारतीय विदेश मन्त्रालयले मंगलबार दोहोर्‍याएको छ- पाकिस्तानले आतंकवादलाई समर्थन गर्न पूर्ण रूपमा बन्द नगरेसम्म सिन्धु जल सन्धि निलम्बन रहनेछ।’ पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्तिमा पाकिस्तान युद्धविराम र यस क्षेत्रमा तनाव कम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै धेरै मित्र राष्ट्रको प्रयासबाट युद्धविराम सम्भव भएको बताएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘युद्धविरामको चाहनालाई पाकिस्तानसँग जोड्नु झुट हो।’ यस्तै पाकिस्तानले आफूले युद्धविरामका लागि अनुरोध गरेको भन्ने भारतको दाबी गलत भएको बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>