चितवन विशेष
बागमती प्रदेश युवा परिषदबाट रामचन्द्र लम्साल सम्मानित
०

चितवन, वैशाख ३०-
प्रदेश युवा परिषदले आयोजना गरेको बागमती प्रदेश युवा सम्मेलन २०८२ को विशेष समारोहमा युवा उद्यमी तथा समाजसेवी रामचन्द्र लम्साल सम्मानित हुनुभएको छ।
प्रदेश युवा परिषद् जिल्ला समिति चितवनका अध्यक्ष समेत रहनु भएका लम्सालले युवाहरूमा सकारात्मक सोच सीप र नेतृत्व विकास सम्बन्धी कार्यमा हत्वपूर्ण योगदान पुर्याएबापत कदरपत्रले सम्मान गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले संयुक्त रुपमा कदरपत्र प्रदान गर्नुभएको हो । चितवनका हजार बढी युवाहरूलाई सीप तथा रोजगारीसँग जोड्न अध्यक्षको महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लम्साल चितवनका विभिन्न सामाजिक अभियानमा समेत सक्रिय हुनुहुन्छ।