अन्तर्राष्ट्रिय

भारतले खुलायो पाकिस्तानसँग तनावका कारण बन्द गरेको ३२ विमानस्थल

Banner

काठमाडौं, वैशाख २७-

भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ। सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जनाएको छ।

भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण रूपमा सञ्चालनमा आएको छ। शनिबार युद्धविराम घोषणा भएपछि पनि केही विमानस्थल सञ्चालनमा आएको थियो। सञ्चालनमा बाँकी रहेका विमानस्थलहरू सोमबारदेखि नै सञ्चालनमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>