अन्तर्राष्ट्रिय

युद्धविरामको घोषणापछि भारतीय सेनाले भन्योः हामी सतर्क रहनेछौं

Banner

काठमाडौं, बैशाख २७-

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएको केही समयपछि भारतीय रक्षा मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्‍यो। शनिबारको पत्रकार सम्मेलनमा भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने, सेनाले युद्धविराम सम्झौताको पालना गर्नेछ, तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न सतर्कु रहनेछ। यसैबीच, विङ कमाण्डर व्योमिका सिंहले पाकिस्तानले भ्रामक प्रचार अभियानू चलाउन धेरै प्रयास गरेको बताएकी छिन्।

भारतीय सेनाले आक्रमणमा मस्जिदहरूलाई निशाना बनाएको आरोप लागेपछि उनले यस्तो बताएकी हुन् । उनले भनिन्, आफ्नो कारबाहीमा, सेनाले ती ठाउँहरूलाई निशाना बनायो जुन आतंकवादी शिविरहरू थिए वा ती ठाउँहरू जुन भारत विरोधी गतिविधिहरूको लागि प्रयोग गरिँदै थियो। म भन्न चाहन्छु कि भारतीय सशस्त्र सेनाले कुनै पनि धार्मिक स्थललाई निशाना बनाएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>