Breaking News

ट्रम्पको घोषणा- भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

Banner

काठमाडौं,बैशाख २७-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका बताएका छन् । अमेरिकाको मध्यस्थतामा रातभरको वार्तापछि भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’ गर्न सहमत भएका ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथमा उल्लेख गरेका छन् ।

“संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्,” उनले लेखेका छन् । उनले अगाडि लेखेका छन्, “सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ ।” सीएनएनबाट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>