Breaking News
सरकार डरले रुझेको बिरालो भएको छः प्रचण्ड
०

काठमाडौँ, वैशाख २७-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमाले गठबन्धन सरकारको अवस्था निकै दयनीय बनेको बताएका छन्। शनिवार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारको अवस्था निकै दयनीय बनेको बताएका हुन्।
‘दुईतिहाइवाला सरकारको हाल रुझेको बिरालाको जस्तो छ,’ अध्यक्ष दाहालले भने,‘राम्रो काम त गर्नै सकेको छैन। नराम्रो काम पनि रोक्न सकेको छैन।’ उनले आफूले भन्ने गरेको ‘सरकार आफ्नै कुकर्मले ढल्छ’ भन्ने कुरा पनि दोहोर्याए। उनले भने,‘जुन देखिँदै गएको छ।’