Breaking News

राजाहरूले देश कंगाल बनाएः प्रधानमन्त्री ओली

Banner

काठमाडौं, वैशाख २७-

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दै देशलाई आजको जमानासम्म गरिब बनाएर राख्नेले ‘हामी आउँछौँ, साथ देऊ’ भनिरहेको देख्दा अचम्म लागेको बताए । “अचम्म त के भने, यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ भनेर लाजै मान्दैन,” उनले भने, “यो देश कंगाल बनाउने त यिनीहरू हुन् त !”

अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको उनले उल्लेख गरे । देशलाई बस्न लायकको बनाउनैपर्नेमा उनले जोड दिए । “वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन् । यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ,” उनले भने, “यस्तो देशमा फोक्साको व्यापारी रु कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा रु”

प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता हालको रहेको बताउनु बताए । वर्तमान पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>