चितवन विशेष

रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी

Banner

चितवन, बैशाख २७-

चितवनको रत्ननगर नगरपालिका–१६ कयरखोलास्थित भित्री सडक खण्डमा गए राति एक गुडिरहेको बसमा अचानक आगलागी भएको छ। पर्साबाट पिठुवा तर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०१८८ नम्बरको बसमा शुक्रबार राति १०ः४५ बजे तिर आगलागी भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा खैरहनी नगरपालिकाको दमकलको सहयोगमा आगो ११ः०५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

घटनामा मानवीय क्षति नभए पनि बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट पिठुवाबाट करिब दुई किलोमिटर पूर्व पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>