क्रिकेट

महिला टी-२० विश्वकप एसिया छनोटः नेपालले हङकङसँग खेल्दै

Banner

काठमाडौं,बैशाख २५-

थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आजै हङकङसँग खेल्दै छ ।नेपाल र हङकङबीचको खेल टेक्नोलोजी ग्राउण्ड बैंककमा विहान सवा ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिनेछ । ९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ । लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ । नेपाली टोलीले थाइल्याण्ड जानुअघि भारतमा अभ्यास खेलहरू खेलेको थियो भने त्यसअघि घर र घरबाहिर एक-एकपटक शृंखलाहरू खेलेको थियो ।

नेपालको टोली- इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>