अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानको युद्धको बीचमा अमेरिका संलग्न हुँदैनः अमेरिकी उपराष्ट्रपति

Banner

काठमाडौं,बैशाख २६-

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीचको युद्धमा अमेरिका संलग्न नहुने बताएका छन् । “हामीले गर्नसक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास हो, तर हामी युद्धमा जाने छैनौँ । त्यो हाम्रो काम होइन,” भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भनेका छन् ।

उनले कूटनीतिक माध्यमबाट युद्ध अन्त्यका लागि प्रयास भने जारी राख्ने बताएका छन् । अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको तनाव ठूलो क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा गरेका छन् । अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा आक्रमण हुँदा जेडी भान्स श्रीमती र बच्चाहरूसँग भारत भ्रमणमा थिए । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>