देश/प्रदेश

वि.सं.२०८२ साल बैशाख २६ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशीफल

Banner

चितवन, वैशाख २६-

वि.सं.२०८२ साल बैशाख २६ गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको आजको राशीफलः

मेष: कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । काम र क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

वृष: सकारात्मक सोचका कारण धेरै कुरा सहज र रमाइलो लाग्नेछ । प्रेमप्रसङ्गको निमन्त्रणा आउन सक्नेछ । आफ्नै पराक्रमले अर्थोपार्जन भएर मन फुरुङ्ङ हुनेछ । व्यापार व्यवसायमा लाभ रहने छ ।

मिथुन: कुनै कुराले तपाईलाई अल्मल्याउन सक्नेछ । रिस उठेपनि व्यक्त हुन नदिनु होला । अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

कर्कट: व्यक्तिगत तथा सामाजिक कार्यमा मन उत्साही बन्नेछ । इच्छानुसारको भोजनको अवसर जुट्नेछ । सवारी–साधन, घर, जग्गा इत्यादिको सुख मिल्नुको साथै यी क्षेत्र सँग सम्बन्धी ब्यापार ब्यावसायहरुबाट प्रसस्त लाभ हुने समय छ ।

सिंह: आज मन उत्साही र खुशी हुँदै काम अघि सर्नेछ । कुनै राम्रो कामका लागि खर्च हुने समय छ । आफन्तहरूको साथ र सहयोग मिल्नेछ । समय र कामको अवस्था बुझि सोहि अनुसार चल्न खोजिने छ ।

कन्या: दैनिकी राम्रैसँग बित्ने देखिन्छ । मीठो र स्वादिलो पकवान खाने मौका जुर्नेछ । तपाईंको कामकुराको उचित प्रशंसा हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

तुला: बोल्दा वा ठट्टा गर्दा राम्ररी सोच्नु होला । अनपेक्षित रुपमा अपजस आइलाग्न सक्नेछ । नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्ने दिन रहेको छ ।

बृश्चिक: आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ । आफन्त तथा साथीहरुसँग रमाइलो भेटघाट हुने दिन छ । सन्तान सुख प्राप्त हुनका साथै भाग्योदय तथा पदोन्नतिको समेत सम्भावना देखिन्छ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

धनु: रुचि अनुसारको काम गर्न पाउँदा मन खुशी रहनेछ । सोचेअनुसार काममा सफल भईनेछ । राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ ।

मकर: काममा दौडादौड र व्यस्तता बढ्नेछ । लक्ष्यतर्फ आफूलाई अग्रसर गराउन सफल प्रयास हुनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । उद्योग व्यापार व्यावसायमा फाइदै हुनेछ ।

कुम्भ: कुनैपनि कुरालाई हल्का नलिँदा राम्रो हुनेछ । प्राथमिकता अनुसार काम गर्दा सहज हुनेछ । कार्यसम्पादनमा रोकावट पैदा हुनेछ । शरीरमा आलस्य पैदा हुनाले कार्यक्षेत्रमा मन लाग्ने देखिंदैन ।

मीन: दाम्पत्य जीवन सुखमय रहनेछ । आफ्नो योग्यता प्रस्तुत गर्ने राम्रो मौका मिल्नेछ । कार्यक्षेत्रमा सक्रियता बढ्नेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्नेछ । आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

rashifal

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>