समाचार

काठमाडौं महानगरमा भोलि शोक बिदा

Banner

काठमाडौं,बैशाख १३-

तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ । महानगरको प्रशासन विभागले शनिबार सूचना जारी गर्दै शोक बिदासम्बन्धी जानकारी दिएको हो ।

डंगोलको शुक्रबार निधन भएको थियो । वि.सं. २००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनुपर्ने डाइलाइसिस गएको बिहीबार मात्र पनि गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>