चितवन विशेष

प्रेमवस्ती स्कुटी दुर्घटनाको भिडियो हटाईदिन परिवारको अनुरोध

Banner

चितवन, वैशाख १२-

शुक्रबार दिउँसो साढे एक बजे भएको बोलेरोले स्कुटरलाई ठक्कर दिएपछि निधन भएका लक्ष्मी वाग्लेका परिवारले सामाजिक सञ्जालबाट भिडियो हटाईदिन अनुरोध गरेको छ । मृतका भाई सन्तोष कोईरालाले मृतकका आफन्त, छोराछोरी विदेशमा रहेको र स्वदेश आउने क्रममा रहेकाले सो भिडियो हटाई दिन अनुरोध गर्नु भएको छ ।

‘हाम्रो परिवारका लागि अत्यन्त पीडादायी बनेको छ र यसले हाम्रो मानसिक अवस्था झनै कमजोर बनाइरहेको छ,’ उहाँले भन्नुभयो ‘मृत आत्माको सम्मान र परिवारको गोपनीयताको लागि सो भिडियो हटाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’ यस्तो संवेदनशील सामग्रीको प्रसारणले हामीलाई थप आघात पुर्‍याएको उहाँले बताउनुभयो । यतिखेर सामाजिक सञ्जालमा दुर्घटनाको भिडियो भाइरल भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>