Breaking News

चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु

Banner

चितवन बैशाख १२ं-
चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवन अनुसार शुक्रबार दिउँसो साढे एक बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्ती चोकमा गितानगरबाट भरतपुर तर्फ अण्डा लिएर गइरहेको ना ५ च २६४४ नम्बरको बलेरोले सोही दिशा तर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट स्कुटरमा सवार वाग्ले गम्भीर घाइते भएकी थिइन् । प्रहरीले उनलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

दुबै सवारी साधान र मकवानपुरको मनहरी गाउँपालिका ६का २५ वर्षिय बोलेरो चालक पेमा लामालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>