खैरहनी
वल्र्डलिंको इन्टरनेट जोड्दा चितवनका रविन प्रजाले जिते ‘आइफोन १६’

चितवन, वैशाख ५–
इन्टरनेट प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.को ग्राहक बन्दा चितवनका एक युवकले आइफोन १६ मोबाइल जितेका छन् ।
वल्र्डलिंक पर्सा शाखाबाट इन्टरनेट जडान गरेका राप्तीको घडेली डाँडा निवासी रविन प्रजाले आइफोन–१६ मोबाइल फोन जितेका हुन् । उनलाई आज घरमै पुगेर वल्र्डलिंक पर्सा शाखाका प्रमुख मिलन श्रेष्ठलगायतका कर्मचारी पुगे उक्त आइफोन प्रदान गरे । साथै केक काटेर खुशीयाली साटासाट गरे । वल्र्डलिंक १० लाख ग्राहक पुग्ने बेलामा वल्र्डलिंक नयाँ जडान गर्दा वा नविकरण गर्दा लक्की ड्र मार्फत १० जनालाई आइफोन १६ उपहार योजना ल्याएको थियो । सोही उपहार योजना अन्तरगत चितवनका प्रजाले लक्की ड्रबाट आइफोन जितेका हुन् ।
प्रजाले वल्र्डलिंकबाट आइफोन पर्छ भनेर कहिल्यै नसोचेको भन्दै यो अफरको बारेमा समेत जानकारी नहुँदा पनि उपहार पर्नुमा आफूलाई भाग्यशाली ठानेको बताए । ‘म घरमा का मगर्दै थिए, तपाईलाई आइफोन १६ उपहार प¥यो भनेर फोन आउँदा मलाई विश्वास पनि लागेको थिएन’–प्रजाले मुस्कुराउँदै भने ।
उनी डेढ वर्षदेखि वल्र्डलिंक इन्टरनेट प्रयोग गर्दै आइरहेका छन् । नयाँ रिचार्ज गर्दा उनलाई उपहार परेको हो । वल्र्डलिंक पर्सा शाखा प्रमुख श्रेष्ठले आफ्ना ग्राहकहरुलाई गुणस्तरी सेवा दिनमा सदैव प्रतिवद्ध रहेको भन्दै यस किसिमका उपहार योजना समेत बेला बेलामा ल्याउने गरिएको बताए । उनले उपहार विजेता प्रजालाई बधाई ज्ञापन गरे । वल्र्डलिंकले हालसालै १० लाख ग्राहक बनाउन सफल भएको छ ।