समाचार

शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिने

Banner

काठमाडौं, बैशाख ४-

नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘

सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाएपनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो ।

शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भनेपनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको उनले बताइन् । आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>