चितवन विशेष
प्रधानमन्त्री छ लेन सडक उद्घाटन गर्न आउनु हाम्रो लागि गौरबको कुरा होः मेयर दाहाल

चितवन,बैशाख ४-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको छ लेन सडकको उद्घाटन गर्न आउन लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्ने बताउनुभएको छ । नारायणी अनलाइनसंग कुरागर्दै प्रमुख दाहालले आफ्नो महत्वपूर्ण समय दिएर सडक उद्घाटन गर्न आउन लागेकोमा प्रधानमन्त्रीलाई धन्यबाद समेत दिनुभयो ।
‘बिसम परिस्थितिमा पनि सम्माननिय प्रधानमन्त्रीले समय छुट्टाएर सडक उद्घाटन गर्न आउन लाग्नुभएको छ,हाम्रा लागि पनि खुसीको कुरा हो र गौरबको कुरा पनि हो,उहाँले भन्नुभयो ।’ उहाँले भरतपुर महानगरपालिकाको सक्रियतामा सडक बनेको भन्दै प्रधानमन्त्रीलाई महानगरमा स्वागत र धन्यबाद दिने बताउनुभयो ।
यस सडकलाई महानगरपालिकाले सधैं सरक्षण गर्ने बताउनुभयो । उहाँले सडक निर्माण गर्दा सडक विभागसंग मिलेर समन्वयकारी भूमिका निर्वाह गरेकोउल्लेख गर्नुभयो । यस सडकमा सौन्दर्यकरणका कामहरु महानगरपालिकाले गरिरहेको उहाँको भनाई छ ।
प्रधानमन्त्री ओली शुक्रबार छ लेन सडक उद्घाटन र चितवन,नवलपुरका विभिन्न कार्यक्रममा सहभागि हुन आउँदै हुनुहुन्छ । संघिय सरकारको बजेटबाट बनेको सडकलाई महानगरपालिकाले आफूले बनाएको भनेर प्रचार गरेको भन्दै चितवनका अन्य राजनीतिक दलहरुले बिरोध जनाउँदै आएका छन । यसअघि तत्कालिन समयमा प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गर्दा भरतपुर महानगरपालिका प्रमुख दाहाल अनुपस्थित रहनुभएको थियो । यही बिषयलाई लिएर प्रधानमन्त्री ओलीले मेयर दाहाल अनुपस्थित भएपछि मेयर पिकनिक खान गएको संज्ञा दिनुभएको थियो ।