Breaking News

एक तोला सुन किन्न अब १ लाख ९० हजार ६ सय चाहिने

Banner

काठमाडौं, वैशाख ४-

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकिएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>