देश/प्रदेश

देश र जनताको निम्ति ७० वर्ष पार हुँदा पनि२५ को जवान जसरी दौडिएको छु: प्रचण्ड

Banner

काठमाडौँ, वैशाख ३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन् ।

पार्टीको नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नम्बर १ द्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला । उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । तर पनि शहीद र बेपत्ता परिवारको आँशु लाग्छ,’ प्रचण्डले भनेका छन् ।

‘हजारौं र लाखौं जनसमुदाय जोडिनुभएको छ । सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्,’ प्रचण्डले भने, ‘मैले त त्यो कुरा बुझेर आत्मसमीक्षासहित एकचोटी फेरि ७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति । तपाईंहरू पनि दौडिनुहोला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>