समाचार

वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीको आक्रमणमा परी तीन जना पत्रकार घाइते

Banner

काठमाडौँ, वैशाख ३-

वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीको आक्रमणमा परी तीन जना पत्रकार घाइते भएका छन् ।

वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा पत्रकार चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझामाथि ढुंगा र लाठी प्रहार गर्दा घाइते भएका हुन् ।

‘पत्रकारमाथि भएको यस किसिमको आक्रमणलाई नेपाल पत्रकार महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको छ’ महासंघले विज्ञप्ति जारी गरी भनेको छ, ‘जुनसुकै पक्षबाट भए पनि यो कदमले पत्रकारको संवैधानिक सुनिश्चिता र नागरिकको सुसूचित हुने अधिकारमा आघात पुगेको महासंघको ठहर छ।’

महासंघले पत्रकार र नागरिक सूचनाको अधिकारविरोधी यो कदमको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न र प्रेसको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा घाइते पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>