समाचार
२५ करोडका मालिक र चालकविरुद्ध मुद्दा दर्ता
०

काठमाडौं, वैशाख २-
काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।
२५ करोडसँगै पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा र २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल विरुद्ध मुद्दा दायर भएको हो ।
राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर भएको हो ।