धार्मिक/सांस्कृतिक
२८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडे
०

काठमाडौं, वैशाख २-
भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्रांगणमा रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो ।