मनोरञ्जन
८ महिना पनि टिकेन अरुणिमाको दोस्रो बिहे, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा

काठमाडौं,वैशाख २-
अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।
केही युट्युब अन्तर्वार्तामा बोल्दै उनले डिभोर्सको मुद्दा दायर गरेको बताइन् । विवाहअघि युवराजले गरेका अधिकांश वाचा झूठा भएको उनको आरोप छ । आफूले गलत व्यक्ति चयन गरेको पनि उनको भनाई छ ।
‘विवाहअघि जे सुनिएको थियो, त्यो सबै राम्रो थियो । तर पछि सबै गलत मात्रै सुनियो । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ’ उनले भनिन् ।
उनले ५ महिनादेखि युवराजसँग कुराकानी नभएको पनि बताइन् । युवराजले आफूसँग विवाह गर्नुको उद्देश्य अमेरिका जानुमात्र रहेको आरोप उनको छ ।
२०८१ सालको भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूले धार्मिक विधिअनुसार विवाह गरेका थिए । त्यसअघि सुनसरी जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए । अमेरिकामा स्थायी बसोबास गर्दै आएकी लम्साल दुई हप्ता अघि नेपाल फर्किएकी थिइन् ।